Logo

परराष्ट्रमन्त्री ज्ञवालीले गरे शरीर दान



Spread the love

३ साउन, काठमाडौँ l परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वयंको मरणोप्रान्त शरीर अंगदान गर्ने घोषणा गरे । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत मन्त्री ज्ञवालीले आफू र आफ्नी पत्नीले अंगदान गरेको जानकारी गराएका छन् ।

मन्त्री ज्ञवालीले मृगौला, मुटु,फोक्सो, कलेजो,प्याङ्क्रियाज र सानो आन्द्रा गरी ६ अङ्ग दान गरेका हुन् । मन्त्रीले ट्वीटरमा लेखेका छन्- बुढाबुढी दुवैले आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर पुगेर (मरणोपान्त) अंगदान गरेर आयौं।जिन्दगीको त के भरोसा छ र ! जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्- बस् यत्ति कामना छ ।’

प्रतिक्रिया दिनुहोस्