३ साउन, काठमाडौँ l सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी)को कामकार्वाही प्रति असन्तुष्टि जनाए ।
उनले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिईभीटीको काम चित्त बुझ्दो नभएको बताएका छन् l
सिटिईभिटी राष्ट्रिय कर्मचारी सङ्गठनले आज काठमाडौँमा सञ्चालन गरेको कार्यक्रममा पौडेलले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण हुने गरी आफ्नो कामकार्वाहीलाई अघि बढाउन पनि सिटिईभीटीलाई आग्रह गरेका छन् ।
सिटिईभीटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न स्वयंले पहल गर्ने पौडेलको प्रतिबद्धता छ ।
प्रतिक्रिया दिनुहोस्