३ साउन, काठमाडौं । टेष्ट राष्ट्र जिम्बावेमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले निलम्बन गरेको छ । लन्डनमा बिहीबार बसेको आईसीसी बैठकले जिम्बावेलाई निलम्बन लगाउने निर्णय गरेको हो ।
आईसीसीको २.४ धारा विपरित काम गरेको र सरकारी हस्तक्षेप बढेको भन्दै जिम्बावेलाई निलम्बन गरेका हुन् । निलम्बनकै कारण यूएईमा अक्टोबरमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न नपाउने भएको छ ।
आईसीसीको बैठकले नेपाल क्रिकेट संघको निलम्बन फुकुवाका बिषयमा छलफल गरेन ।
प्रतिक्रिया दिनुहोस्