२ साउन, काठमाडौँ l नेपाली काँग्रेस संसदीय दलले रुपन्देहीमा गौतम बुद्धका मूर्तीहरू तोडफोड गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज प्रेस वक्तव्य जारी गर्दै सरकारसँग विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्तीहरू तोडफोड गर्ने माथि कारबाहीको माग गरेका हुन् ।
‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रूपमा बुद्धको मूर्तीलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ l ’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली काँग्रेस संसदीय दलले घटनाको सत्य तथ्य खोजतलास गरी संलग्न दोषीलाई यथाशीघ्र कानुनी कारबाही गर्न पनि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्