२ साउन , काठमाडौँ । लगातार वर्षाका कारण आएको बाढी पहिरो र डुबानले ९० जनाको मृत्यु भएको छ ।
हालसम्म २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते भएका छन् । आज बिहानसम्म ४१ घाइते मध्ये ११ जनाको उपचार भइरहेको छ र बाँकी उपचारपछि घर फर्किएको गृह मन्त्रालयले जनाएको छ ।
वर्षाका कारण साँढे तीन हजारको उद्धार र क्षतिको विवरण सङ्कलन भइरहेको गृहले जनाएको छ । उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्