२ साउन, काठमाडौं । प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपमा इंग्लिस क्लब आर्सनलले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ ।
बिहीबार बिहान क्यालिफोर्नियामा भएको खेलमा आर्सनलले बायर्नलाई २–१ ले हराएको हो । निक्कै प्रतिस्पर्धात्मक बनेको खेल पहिलो हाफ गोलरहित बराबरीमा रोकिदा दोस्रो हाफमा ३ गोल भएको थियो ।
लुइस पोजनान्सकीको ४९औं मिनेटमा आत्मघाती गोलबाट आर्सनलले खेलमा अग्रता बनायो । रोबर्ट लेवान्डोस्कीले ७१औं मिनेटमा बराबरी गोल फर्काए। एडवार्ड एनकेइटाले २ मिनेट बाँकी हुँदा गोल गर्दै आर्सनललाई २–१ को कठिन जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्