Logo

भारतसँत नेपाली भलिबल टोलीले ३ मैत्रीपुर्ण खेल खेल्ने



Spread the love

२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका तयारीका रुपमा भारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

भारतसँगको खेल लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा यही साउन ९, १० र ११ गते खेल्ने तय भएको नेपाल भलिबल संघले जनाएको छ । संघले एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजना गर्न उल्लेख गरेको छ ।

डच प्रशिक्षक हान एबिङले दोस्रो चरणमा गत असार १९ गते १८ खेलाडी छनोट गरिसकेका छन् । साउन तेस्रो या चौथो साता अन्तिम १२ सदस्यीय टोलीले घोषणा हुने संघले जनाएको छ । साउन ३२ गतेबाट भदौ ८ गतेसम्म एभीसी सेन्ट्रल जोन सञ्चालन हुनेछ । जसमा ७ राष्ट्रले सहभागीता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्