२ साउन, बर्दिवास । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक विषयमा कुरा नराख्न आग्रह गरे ।
आज महोत्तरीको बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा आएकाले कार्यकर्ता र सञ्चारकर्मीहरूलाई राजनीतिक विषयमा कुरा नराख्न आग्रह गरेका हुन् ।
अहिले बिपत्तिको समयमा सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुपर्ने सभापति देउवाले बताएका छन् । उनले भने ‘यस्तो समयमा आफ्नो, पराइ भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस् ।’
अनुगमन पश्चात् उनले उद्धार तथा राहतमा लाग्न पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । पीडितको नाम नै सङ्कलन गर्दा पनि कतिपय ठाउँमा तलमाथि गरेको गुनासो आएको बताउँदै त्यसो नगर्न पनि सभापति देउवाले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्