Logo

५ सेप्टेम्बरमा पहिलो खेल नेपालको कुवेतसँग



Spread the love

२ साउन, काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ ।

बुधबार फिफाले निकालेको ‘ड्र’ र खेल तालिका अनुसार नेपालले विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा कुवेतसँग भिड्नु पर्ने भएको हो । त्यसपछि नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले विश्वकप छनोटमा होम एन्ड अवेको आधारमा ८ खेल खेल्नेछ । जसमा ४ होम र ४ अवे खेल रहेको छन् ।

नेपालको विश्वकप छनोटमा खेल तालिका

५ सेप्टेम्बरमा नेपालविरुद्ध कुवेत (होम)

१० सेप्टेम्बरमा नेपालविरुद्ध चाइनिज ताइपेइ (होम)

१० अक्टोवरमा अस्ट्रेलियाविरुद्ध नेपाल (अवे)

१५ अक्टोवरमा नेपालविरुद्ध जोर्डन (होम)

१९ नोभेम्वरमा कुवेतविरुद्ध नेपाल (अवे)

२६ मार्च २०२० मा नेपालविरुद्ध चाइनिज ताइपेइ (अवे)

३१ मार्चमा नेपालविरुद्ध अस्ट्रेलिया (होम)

३१ मार्चमा जोर्डनविरुद्ध नेपाल (अवे)

प्रतिक्रिया दिनुहोस्