२ श्रावण, नेपालगञ्ज – जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यहाँका तीन स्थानीय तहलाई विपद् पूर्वतयारी तथा उद्धार सामग्री उपलब्ध गराएको छ । नेपालगञ्जमा बुधबार आयोजित कार्यक्रममा जिल्लाका डुडुवा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकालाई लाइफ जकेट, साइरन, मेघा फोन, थ्रो ब्याग र डोरी उपलब्ध गराइएको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला कारागारलाई फायर स्टिङ विसर र टिभी सेट उपलब्ध गराइएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख गौरीलाल बुढाथोकीले जानकारी गराए । ती सबै सामग्री प्रदेश ५ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्