प्राचिन समयमा एक धनी व्यक्ति थियो । जोसँग ससबै प्रकारका धन-दौलत, गर-गहना थियो । तर दुर्भाग्य उसको कुनै सन्तान थिएन । सन्तान नहुँदा ऊ हरक्षण चिन्तित रहन्थ्यो ।
यद्दपी ऊ र उसकी पत्नी दुवै शिव भक्त थिए । सन्तान प्राप्तिको आशमा पतिपत्नी दुवै भगवान शिवको स्तुतिगान गर्दै आराधना गर्न थाले । दुवैले हरेक सोमबार शिव भगवान व्रत राख्न पनि शुरु गरे ।
उनीहरुको साँचो भक्ति देखेर माता पार्वतीले भगवान शिव समक्ष बिन्ति चढाइन, “पतिदेव ! यस दम्पतिको मनोकामना पुरा गरिदिनुहोस ।”
परिमाणस्पवरूप शिवको आशिर्वादका कारण उनीहरुको घरमा पुत्रको जन्म भयो । तर बालकको जन्म भए पश्चात नै एक आकाशवाणी भयो, “यो बालाक अल्पआयूमै मर्नेछ । १२ वर्षको हुँदा यस बालकको मृत्यु हुनेछ ।”
यस आकाशवाणीले दुवै दम्पती अत्यन्त दुखीत बनायो ।
न्वारनको दिन उनीहरुले पण्डितलाई बोलाए । सम्पूर्ण पूजाविधि सकी आफ्नो पुत्रको नाम ‘अमर’ राखेँ ।
समयसँगै अमर ठुलो हुँदै आयो । दम्पतिमा निराशा थपिदै गयो । केहि दिनसम्उम निकै सोचविचार गरेर उक्त धनि व्यक्तिले छोरालाई शिक्षादीक्षाको लागि काशी पठाउने निधो गरे । अत: अमर आफ्नो मामाको साथ काशीतर्फ लागे ।
बाटोमा जहाँ जहाँ उनीहरुले विश्राम गरे- त्यहाँ त्यहाँ अमरले ब्राम्हणहरुको दान-दक्षिणा पनि दिए । जाँदाजाँदै उनीहरु एक नगरमा पुगेँ । जहाँ एक सुन्दर राजकुमारीको विवाह समारोह चलिरहेको थियो ।
उक्त राजकुमारीको दुलाहाको एउटा आँखा थिएन । ऊ कानो थियो । यो कुरा दुलाहाको परिवारले राजपरिवारलाई बताएका थिएनन् । उनीहरुलाई यस कुराको चिन्ता थियो – ‘आफ्नो छोरा कानो रहेको राजाले थाहा पाए भने छोरी नदिन सक्छन्। बिहे रोकिन सक्छ ।’
दुलाहाको परिवारलाई यस चिन्ताले पिरोलीरहेकै थियो । उनीहरुले आफू नजिकै एक व्यक्ति उभिएर निकै चासोपूर्वक उनीहरुलाई नियालीरहेको देखे । सो व्यक्ति अरु कोहि नभएर अमर नै थियो । अत: उनीहरुले नजिकै उभिएको अमरलाई नक्कली दुलाहा बनिदिन आग्रह गरे । अमरले सो आग्रहलाई तोड्न सकेन ।
यसरी उक्त राजकुमारीसँग अमरको विवाह हुनपुग्यो । तर अमर राजकुमारीलाई सबै कुरा साँचो बताउन चाहन्थ्यो । निकै समयसम्म अमर राजकुमारीलाई यस कुरा कसरी बताउने भनेर छटपटी रह्यो । र, अन्त्यमा राजकुमारीले ओढीरहेको पच्छौरामा अमरले सबै घटनाक्रम खुलस्त लेखिदियो ।
राजकुमारीले जब अमरले लेखेर छोडेको सन्देश पढिन तब उनले अमरलाई नै आफ्नो पति अस्विकार गर्ने नसक्ने बताइन् । उनले अमरलाई काशीबाट फर्किउन्जेलसम्म पर्खीरहने वाचा गरिन । उनको कुराको वेवास्ता गर्दै अमर र उसको मामा काशीतर्फ प्रस्थान गरे ।
समयले डुङ्गा खियाउँदै गयो । दिन बित्यो । महिना बित्यो । वर्ष पनि विस्तारै बित्न थाल्यो । यता राजकुमारी अमरको पर्खाइमा बसीरहिन । उता अमर धार्मिक कार्यहरु आफ्नो तनमनको साथ लागिरह्यो ।
दिन बितीरहे । एकदिन अमर शिव मन्दिरमा भगवान शिवलाई बेल पत्र चढाईरहेको थियो । त्यसै समय दैत्यराज यमराज उसामू आइपुगे । दुर्भाग्य: ऊ त्यस समय १२ वर्ष पुगेको रहेछ । सम्पूर्ण कुराहरु बिर्सेर भगवान शिवलाई सम्झिरहेको अमरले उसको प्राणपखेरु हर्न आइपुगेको दैत्य राज यमराजलाई देखेन । ऊ भगवान शिवको भक्तिभावमा दुबिरह्यो ।
दैत्यराज यमराज निकै रिसाए । अमरको प्राण लिन तयार भए । तर उनको अमरको प्राण लिन सकेनन् । किन ? किनभने अमरको भक्तिभाव देखेर प्रसन्न भएका भगवान शिवले यमराज आइपुग्नु भन्दा पहिल्यै नै अमरलाई दिर्घायुको वरदान दिएका थिए । फलत: यमराज रित्तो हात आफ्नो लोक फर्किए ।
केहि समयपश्चात अमर काशीबाट शिक्षा पाएर घर फर्कियो । राजकुमारी उसलाई पर्खीरहेकी थिइन् । राजकुमारीलाई लिएर अमर खुसिसाथ आफ्नो घर फर्कियो ।