Logo

प्रधानमन्त्री ओलीको ‘नेविसंघ गुल्मी काठमाडौं सम्पर्क मञ्च’द्वारा पुत्ला दहन



Spread the love

४ असार, काठमाडाैँ । काठमाडौँको जडीबुटीमा नेविसंघ गुल्मी काठमाडौँ सम्पर्क मञ्चले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहनलगायतका विषयमा सरकारको गरेको निर्णयको विरोध गर्दै मञ्चले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

सरकारको कदमको विरोध गर्दै उनीहरूले मसाल जुलुस समेत निकालेका थिए । विरोधका क्रममा उनीहरूले सरकारबिरोधी नारा लगाएका थिए ।

पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुत्ला दहनको नेतृत्त्व नेविसंघ गुल्मी काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष शिव भट्टराईले गरेका थिए। पछिल्लो समय नेविसंघले निरन्तर रूपमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्