३१ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा पहिलोपटक विश्वकपको उपाधि चुमेको इङ्ल्यान्ड पुगेको छ ।
४४ वर्षे विश्वकपको इतिहासमा पहिलो पटक उपाधि हासिल गरेको इङ्ल्यान्डको १ सय २५ अंक रहदै आईसीसीको नयाँ वरीयतामा शीर्ष स्थानमा उक्लिएको हो । भारत भने १ सय २२ अंकसहित दोस्रो स्थानमा रहँदा उपविजेता न्यूजिल्यान्ड १ सय १२ अंकसहित तेस्रो स्थानमा छ ।
ब्याटिङतर्फ भारतका कप्तान विराट कोहली शीर्षस्थानमा यथावत् रहेको छ । दोस्रो स्थानमा भारतका रोहित शर्मा रहँदा पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा रहेका छन् ।
नयाँ वरीयताअन्तर्गत बलिङतर्फ भारतका जसप्रित बुम्रराह शीर्ष स्थानमा रहँदा बंगलादेशका सकिब अल हसन अलराउन्डरतर्फ शीर्ष स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्