केही मात्र पुरुष यस्ता हुन्छन् कि आफ्नो श्रीमती हुँदा पनि अन्य स्त्रीसँग सम्बन्ध राख्ने वा विवाह गर्ने गर्दछ l तर अचम्मको एउटा देश जहाँका पुरुष दुईवटा विवाहका लागि बाध्य छन् वा उनीहरूलाई यसका लागि बाध्य बनाइन्छ ।
अफ्रिकी देश इरिट्रियामा यस्तो एउटा चलन चलिआएको छ l जहाँ प्रत्येक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि कुनै पुरुषले दुईवटा श्रीमती राख्न चाहदैन् तब उनीहरुविरुद्ध कडा भन्दा कडा कारबाही हुन् सक्छ जसले गर्दा पुरुषहरू जेलसमेत जानुपर्ने हुन्छ ।
उक्त अचम्मको कानुन महिलाको सङ्ख्या भन्दा पुरुषको सङ्ख्या धरै कम भएका कारण लागू भएको हो l सो देशको सरकारले नै दोस्रो विवाहको सम्पूर्ण खर्च व्यवहोर्ने सहमति पनि गरेका छन् ।
पुरुषले दुई विवाह अनिवार्य रूपमा गर्नुपर्ने कानुन निर्माण गर्नका साथै महिलाका लागि पनि एउटा कडा कानुन बनाइएको छ । यदि कुनै महिलाले आफ्नो श्रीमानको दोस्रो विवाहमा कुनै किसिमको रोकावट वा समस्या पैदा गर्ने कोसिस गरिन् भने उनलाई पनि जन्मकैदको सजाय हुन्छ ।