Logo

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित



Spread the love

३० असार, काठमाडौँ l आज दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

लगातार वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेहरूका परिवारमा सान्त्वना लगायतका अन्य आवश्यक सहयोग पुर्‍याउन, बेपत्ता परिवारको खोजी उद्धार र राहतमा आवश्यक सहयोग गर्न प्रतिनिधिसभामा सदस्यहरूलाई आफ्नो क्षेत्र र जिल्लाहरूमा जान समय दिनुपर्ने भएकाले उक्त बैठक स्थगित गरिएको हो ।

अर्को बैठक ८ साउनमा बस्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्