३० असार, काठमाडौं । आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी न्यूजिल्यान्डका कप्तान केन विलियमसन भएका छन् । उनले ‘म्यान अफ द सिरिज’ को उपाधि हात पारेका छन् ।
इङ्ल्यान्डसँग सुपर ओभरमा पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याएका थिए । उनले २ शतक र २ अर्धशतक सहित पाँच सय ७८ रन बनाएका थिए ।
यसैबीच भारतका रोहित शर्मा ९ खेलमा ५ शतक, १ अर्धशतक सहित ६ सय ४८ रन बनाउदै सर्वाधिक रन बनाउने खेलाडी बन्न सफल भएका छन् ।
अस्ट्रेलियाका मिचेल स्टार्कले १० खेलमा २७ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको उपाधि हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्