३० असार, काठमाडौँ । लगातारको वर्षापछि देशभर आएको बाढी र पहिरो तथा डुवानका कारण अहिलेसम्म ६७ जनाको ज्यान गएको छ । भने ४३ जना घाइते र ३० जना बेपत्ता भएका छन् ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म ज्यान गुमाउनेमा २६ महिला र ४१ जना पुरुष रहेका छन् ।
साथै बाढी पहिरो र डुबानमा परेर सबैभन्दा धेरै प्रदेश नम्बर १ मा २० जनाको ज्यान गएको छ । भने झण्डै एक हजार ५ सय जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिईएको छ।
विपदमा परेर घाइतेहुनेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको र बेपत्ताहुनेहरुको खोजी कार्य भईरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्