२९ असार, काठमाडौँ l अमेरिकाका राजदूत र्यान्डी बेरीले आज नेपालका लागि क्रिकेट खेलेका छन् । क्रिकेट विश्वकपको फाइनलको अवसरमा राजदूत बेरीले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, शरद भेषवाकर र प्रशिक्षक उमेश पटवालसँग मिलेर ब्याटिङ र बलिङ गरेका थिए l
उनले आधिकारिक ट्विटर ह्यान्डलमा क्रिकेट कला सिक्ने अवसर पाएको उल्लेख गर्दै कुन टिम विश्वविजेता बनोस् भन्ने चाहनुहुन्छ भनी प्रश्न समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्