२९ असार, काठमाडौँ l अविरल वर्षका कारण देशभर गएको बाढी पहिरोबाट प्रभावितलाई सम्बोधन गर्न केही समयमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बस्न लागिएको प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले बाढीपहिरोले पुर्याएको क्षतिले स्वयंलाई दुख लागेको व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘देशमा बाढी पहिरोका कारण पुर्याएको क्षतिले दुख लागेको छ । प्रभावितलाई राहत कसरी पुर्याउने, उद्धारका काम के भइरहेको छ। यसबारे छलफल गर्न अहिले ३ बजे मन्त्रिपरिषद्को बैठक बस्नेछ l पूर्व निर्धारित कार्यक्रम भएकाले मात्र यहाँ आएँ। पुरस्कृत हुने सबैलाई बधाई।’
प्रतिक्रिया दिनुहोस्