२८ असार, दाङ – अविरल वर्षाका कारण शुक्रबारबाटै देशभरीबाट नै डुवान तथा यसका क्षतिका बारेमा समाचारहरू सञ्चार माध्यममा प्रशारित भइरहे । हिजोको वर्षाको भेल र आज पनि भएको वर्षाले देशका कतिपय स्थानमा बाढी ल्यायो भने बाढीमा फसेका उद्धारमा नेपाली सेना र समग्र नेपाली सुरक्षा निकायले उल्लेख्य भूमिका खेल्यो । दाङमा पनि यसले निरन्तरता पायो ।
राप्ति नदी बस्तीमा पसेपछि डुबानमा परेको गडुवा नगरपालिकाको बोधिपुरबाट १४ जनालाई नेपाली सेनाको रिपुमर्दन गण र नेपाल प्रहरीको टोलीले सकुशल उद्दार गरेको छ ।
नेपाली सेना र प्रहरीले उद्धार गरिएकामध्ये ७ जना बालबालिका, ३ जना महिला तथा ३ जना पुरूष रहेका छन् । उद्धार गरिएकामध्ये १ जना अपाङ्ग समेत रहेका छन् ।
सल्लेरी खबरलाई जानकारी भए अनुसार उद्धार गरीएकाहरू सबै जना एकै घरमा जम्मा भएर बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्