२८ असार, काठमाडौं । शुक्रबार अफगानिस्तान क्रिकेट बोर्डले विश्वकप २०१९ मा खराब प्रर्दशन गरेको भन्दै गुलवदीन नाइबलाई कप्तानबाट हटाएको छ । नाइबलाई हटाउदै २० वर्षिय युवा लेग स्पिनर राशिद खानलाई तीनै फ्रम्यार्टको कप्तानमा नियुक्त गरेको हो ।
अफगानिस्तानले दुई महिना अघि अस्गर अफगानलाई तीनै फ्रम्यार्टको कप्तानीबाट हटाउँदै राशिदलाई टी ट्वान्टी,रामत शाहलाई टेष्ट र गुलबदीनलाई वान डे को लागि कप्तान नियुक्त गरेको थियो ।
तर विश्वकपको लज्जास्पद प्रर्दशनपछि अफगानिस्तान क्रिकेट बोर्डले टेष्ट,वान डे र टी ट्वान्टी तीनै फ्रम्यार्टको लागि राशिदलाई कप्तान बनाएको छ । उप कप्तान भने पुर्व कप्तान अस्गर अफगानलाई नै दिएको छ ।
प्रतिक्रिया दिनुहोस्