Logo

श्रीमतीले नै गराइन श्रीमानकाे दोस्रो विवाह



Spread the love

हिन्दु धर्मावलीका अनुसार श्रीमान् र श्रीमती दुई रथका पाँग्रा हुन् । यदि यी दुईको बिचमा कोही तेस्रो आएमा अवश्य नै झगडा हुने गर्दछ ।

श्रीमानको श्रीमती हुँदाहुँदै पनि अर्को श्रीमती थपिएमा घरमा भाडभैलो कलह नै हुने गर्दछ । तर यस्तै छत्तिसगढ जशपुरमा एउटा अनौठो घटना घटेको छ ।

जहाँ श्रीमतीले नै आफ्नो श्रीमानको विवाह श्रीमानको प्रेमिकासँग गराइ दिएकी छन् । उक्त श्रीमतीले आफ्नो श्रीमानको विवाह स्वयं मण्डपमै बसेर गराएकी छन् ।

उनले प्रेममा रहेका आफ्नो श्रीमानको विवाह प्रेमिकासँग गरिदिएकी हुन् । बगडोल गाउँ निवासी अनिल पंकारा सिआरपपीएफ नाम गरेका युवकले ४ वर्ष अघि नै नजिकै गाउँको एक युवतीसँग विवाह गरेका थिए ।

विवाह पश्चात् पनि उनी गाउँको कार्यकर्तासँग प्रेममा थिए l अनिल र कार्यकर्ताको प्रेम सम्बन्धको बारेमा चर्चा चल्दै गरे पश्चात् उनले आफ्नो श्रीमती भन्दा पनि प्रेमिकासँग धेरै समय बिताउन थाले l जसले गर्दा समाज र परिवारबीच बैठक गरी पुरै गाउँको अगाडी अनिलको दोस्रो विवाह गराइयो l

प्रतिक्रिया दिनुहोस्