२७ असार, कपिलबस्तु । संघीय सरकारले प्रदेश नं ५ का दुई जिल्ला सहित १५ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण प्रकृया सुरु गरिएको छ ।
देशभरका पन्ध्र जिल्लामा परिचय पत्र वितरण गर्ने काम कपिलबस्तुमा सुरु भएको हो ।
कपिलवस्तुमा जिल्ला समन्यवय समितिका सभापति नारायण प्रसाद खनाल,उप सभापति तारावती चौधरी र कपिलबस्तु नगरपालिका की उप मेयर लक्ष्मी गुप्ताले राष्ट्रिय परिचय पत्रको सुरुवात गरेका हुन् ।
साथै राष्ट्रिय परिचय पत्रले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी रुपमा सञ्चालन गर्न सकिने अपेक्षा गरिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्