२७ असार, काठमाडौँ l सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आजको झरीमा पनि आफ्नो कार्यक्रमलाई निरन्तरता दियो ।
सरकारले भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्र्याउन दिने निर्णय सुनाए पश्चात् नेविसंघ आन्दोलनमा उत्रिएको हो । यसअघि तरकारी जुलुस, मसाल जुलुस जस्ता कार्यक्रम गरिसकेको नेविसंघले आज माइतीघर मण्डलमा विषादी जुलुस प्रदर्शन गरेको हो l
प्रतिक्रिया दिनुहोस्