Logo

प्रसूति अस्पतालको पुनर्निर्माण सम्पन्न



Spread the love

२७ असार, काठमाडौँ l नेपालमा गएको २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएको थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको पुनर्निर्माण सम्पन्न भएको छ ।

पुनर्निर्मित अत्याधुनिक सुविधासम्पन्न अस्पतालको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् l उक्त अस्पताल विनाशकारी भूकम्पअघि ४ सय शैय्यामा सञ्चालन भएको थियो तर, भूकम्पले ठुलो क्षति गरेकाले ३ सय शैय्यामा झरेको थियोे ।

अहिलेको नयाँ भवनमा करिब ५ सय शैय्या छन् । भवन जापानी सहयोग नियोग (जाइका) ले बनाइदिएको हो । चौध महिना मै निर्माण सम्पन्न भएको अस्पतालमा सबै किसिमको शल्यक्रिया हुने अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्