नमुना कार्की
सामाजिक संजालबाट अनविज्ञ रहने हामी सायदै छौं होला आजको समयमा । विभिन्न संजालमध्ये फेसबुक, युट्युब निकै लोकप्रिय रहेका छन्, हामी नेपालीहरु माझ । बच्चादेखि बुढासम्मले निकै सक्रियता देखाउँछ्न् सामाजिक संजालमा ।
प्रबिधिसँग परिचित हुनु एकदम राम्रो कुरा हो । फेसबुक, युट्युबले विश्वका मानिसलाई एकापसमा चिनाउने तथा नजिक बनाउनुका साथै समाजमा लुकेर रहेका विभिन्न विकृति विसङगतिहरुलाई सबैसामु उजागर गरेर सम्पुर्ण नागरिकहरुलाई सचेत बनाउने कार्य पनि गरेका छन् । तर यी सबका अलावा सामाजिक संजालका थुप्रै नकारात्मक पक्ष छन् जसले समाजलाई लगातार सिध्याइरहेछन् ।
आजभोलि सामाजिक संजालका कारण मानवबाट मानवीय संबेदना हराउँदै गएको छ । आफू र आफ्नाहरु माझ रम्न छोडेर मानिसहरु हर समय सामाजिक संजालमै व्यस्त हुन थालेका छन् । घर, अफिस, बाटो यतिसम्म कि ट्वाइलेट जाँदासम्म पनि मानिसले आफुलाई यसबाट टाढा राख्न सकेका छैनन् ।
मानिसहरु वास्तविक जीवनको रमझमबाट पर-पर हुँदै फेसबुके काल्पनिक दुनियाँसँग नजिक हुँदै गैरहेका छन् । दुनियाँ जोड्ने सामाजिक संजालले आजकल धेरैको घर भने तोडिरहेको छ । पारिवारिक मायामोह र सम्बन्ध कमजोर बन्दै गएको छ । बाहिरबाट हेर्दा सबै एउटै छानामुनि भएपनी एकै परिवार भित्र सबैको छुट्टै छुट्टै संसार भएको छ ।

हामीहरू सामाजिक संजालमा यतिसम्म लिप्त भएका छौं कि हामीलाई अरुको त परै जाओस् आफ्नोसम्म पर्वाह हुन छाडेको छ । बस् ! कतिखेर, कसरी हुन्छ सामाजिक संजालमै तल्लीन हुने ध्याउन्न हुन थालेको छ ।
मानिसलाई फेसबुकमा तस्बिर देखाउने हतारो यतिसम्म हुन्छ कि कोहि मानिस दुर्घटनामा परेर चिच्याउँदै गरेको छ भने त्यहाँ उस्को करुण पुकार सुनेर सहयोग गर्नेभन्दा उस्को कारुणिक तस्बिर लिने हातहरु अगाडि आइरहेका हुन्छन् ।
आजकल घरमा कोहि पाहुनाको आगमन भयो भने हालखबर भन्दा पहिले “यहाँ वाइफाइको पासवर्ड के छ” भनेर सोध्ने गरिन्छ । वाइफाइ र फेसबुक भएपछि पाहुना आको हो कि कुनै शोकशभामा भेला भएको हो छुट्टाउन नै गाह्रो हुन्छ ।
तर हिड्ने बेला लिइएको तस्बिर जब सामाजिक संजालमा देखिन्छ, तब चै प्रष्ट हुन्छ आफ्नोमा कोहि पाहुना आको रहेछन् भनेर ।
मानिसलाई फेसबुकमा तस्बिर देखाउने हतारो यतिसम्म हुन्छ कि कोहि मानिस दुर्घटनामा परेर चिच्याउँदै गरेको छ भने त्यहाँ उस्को करुण पुकार सुनेर सहयोग गर्नेभन्दा उस्को कारुणिक तस्बिर लिने हातहरु अगाडि आइरहेका हुन्छन् ।
यस्तो लाग्छ त्यहाँ कुनै फिल्मको सुटिङ्ग चलिरहेको छ । कोहि मानिसको मृत्यु भयो भने लासको फोटो मिलाई मिलाई खिचेर रिप लेख्दै आफ्नो फेसबुकमा पोस्ट गर्ने गर्छौं हामी । मृतकको आफन्तले देखे उनीहरुको हृदयमा कस्तो चोट पुग्ला भनेर सोच्ने फुर्सद कहाँ हामीलाई ?
कोहि मानिस बिरामी भेट्न् आए भने उनीहरुलाई बिरामीको हालत जे जस्तो भए पनि एउटा सेल्फी लिन कै हतारो हुन्छ । बुवाआमाको खबर सम्म नसोध्ने छोराछोरीले आमाबुवाको तस्बिर तारन्तार फेसबुकमा पोस्ट गरिरहेका हुन्छन् । त्यो पनि अझ विशेषगरि आमाबुवाको मुख हेर्ने दिनमा ।
मानिसमा रहेको मानवीय संबेदना यतिसम्म हराउँदै गएको छ कि, आफुले नदेखेको व्यक्तिसँग च्याटमा बोलेको भरमा मान्छे नाङ्गो हुन तयार हुन्छ ।
कतिपय युवायुवतीहरु सामाजिक संजालको माध्यमबाट झुठो बिवाह बन्धनमा बाधिएका छन् भने कतिपय हत्या तथा मानसिक हिंसाको सिकार भएका छन ।
सामाजिक संजालले मानिसको सोच्ने शक्तिमा यतिसम्म ह्रास ल्याएको छ कि आजकल हामी सबैसामु भाइरल हुने चाहमा अनेक झुठा नाटकहरु गर्नसम्म पछि परेका छैनौं ।
दुखको कुरा त, सामाजिक संजालको माध्यमबाट हिजोआज कतिपय निर्दोष व्यक्तिको चरित्र हत्या पनि हुने गरेको छ । मानिसहरु स्पष्ट कुरा नै नबुझी फेसबुक र युट्युबमा कोहि व्यक्तिको बारेमा कसैले केही राखेकै भरमा उस्को बारेमा गलत धारणा बनाइहाल्छन् । अलिकती पनि सोच्दैनन् कि त्यो पीडित व्यक्तिमा कस्तो असर गर्ला ! उस्को सामाजिक इज्जत प्रतिष्ठामा कस्तो दाग लाग्ला भनेर !
सामाजिक संजालमा लिप्त भएर कतिपय आमालाई आफ्नो बच्चा स्याहार्ने फुर्सद छैन त कयौं बुवासँग आफ्नो परिवारलाई दिने समय छैन । परिणामतः कतिपय छोराछोरीहरु अनेक कुलतमा पनि लाग्ने गरेका छ्न् । कति सँग आफ्नो पढाईलाई दिने समय छैन त कतिसँग आफ्नो आफन्त र साथीभाइलाई दिने समय छैन । सामाजिक संजालको अधिक प्रयोगले आजकल मानिसहरु आफ्नाहरु सँग अपरिचित अनि पराई माझ लोकप्रिय बन्दै गैरहेका छन् ।
आजकल घरमा कोहि पाहुनाको आगमन भयो भने हालखबर भन्दा पहिले “यहाँ वाइफाइको पासवर्ड के छ” भनेर सोध्ने गरिन्छ । वाइफाइ र फेसबुक भएपछि पाहुना आको हो कि कुनै शोकशभामा भेला भएको हो छुट्टाउन नै गाह्रो हुन्छ ।
दुखको कुरा त, सामाजिक संजालको माध्यमबाट हिजोआज कतिपय निर्दोष व्यक्तिको चरित्र हत्या पनि हुने गरेको छ । मानिसहरु स्पष्ट कुरा नै नबुझी फेसबुक र युट्युबमा कोहि व्यक्तिको बारेमा कसैले केही राखेकै भरमा उस्को बारेमा गलत धारणा बनाइहाल्छन् । अलिकती पनि सोच्दैनन् कि त्यो पीडित व्यक्तिमा कस्तो असर गर्ला ! उस्को सामाजिक इज्जत प्रतिष्ठामा कस्तो दाग लाग्ला भनेर !
अहिले च्याटमा घण्टौं कुरा गर्न सक्ने मानिस प्रत्यक्ष भेटमा भने एक शब्द उच्चारण गर्न पनि गाह्रो मान्ने स्थिति छ । यसरी सामाजिक संजालको खराब जंजालमा मान्छे धेरै हदसम्म कैद भैसकेको छ । चाहेर पनि त्यो बन्धनलाई मान्छेले सजिलैसँग तोडन सक्दैनन् होला सायद ।
सामाजिक संजालको प्रयोग गर्नु पर्छ । यसका थुप्रै राम्रा एवम् फाइदाजनक पक्षहरू छन् नै । तर साथसाथै यसको अत्यधिक प्रयोगबाट हाम्रो जीवनमा पर्न जाने असरबारे पनि सचेत हुन जरुरी छ । आफ्नो मानवीय संबेदना नै ह्रास हुने गरि यसमा लिप्त हुनुहुँदैन । यसको दुरुपयोगले समाजमा हत्याहिंसा, बलात्कार जस्ता जघन्य अपराधको जन्म दिनसक्छ भन्ने कुरा बिर्सनुहुँदैन । सामाजिक संजालको माध्यमबाट सदैब सकारात्मक कुराहरु सिक्ने तर्फ अभिप्रेरित हुनु आवश्यक छ । काल्पनिकता भन्दा वास्तविकतालाई अंगालेर हिंड्न सकेमा नै जीवनले सार्थकता पाउँदछ भन्ने कुरा हामीले कदापि बिर्सनु हुँदैन ।
०००
०००