२६ असार, ग्रीस l ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए । टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ ।
प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् । मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन् । उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ ।
स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ । ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्