२६ असार, काठमाडौं ।आइसिसी विश्वकप क्रिकेट २०१९ का दौरान अभद्र व्यवहार गरेको भन्दै अफ्ताब अलामलाई १ वर्षको प्रतिबन्ध लगाएको छ। अफगानिस्तान क्रिकेट बोर्डले तीव्र गतिका बलर अफ्ताबलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको लागि प्रतिबन्ध लगाएको हो ।
अफगानिस्तान क्रिकेट बोर्डले आइसिसीको आचार संहिता विपरित काम गरेको भन्दै उनलाई स्वदेश फर्काइएको थियो। उनको स्थानमा साइद अहमेद शिरजाडलाई राखिएको थियो।
२ साता अनुसन्धान गरेपछि उनले अभद्र व्यवहार गरेको बोर्डले ठहर गरेको हो। अफगानिस्तानका लागि विश्वकपमा दायाँ हाते बलर अफ्ताबले ३ खेल खेलेका थिए। उनले न्युजिल्यान्डविरुद्ध ३ विकेट र भारतविरुद्ध १ विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस्