Logo

संघबाट प्रदेशमा सरुवा हुने प्रहरीको ‘ग्रेड’वृद्धिको व्यवस्था गर्नुपर्ने सांसदको सुझाव



Spread the love

२५ असार, काठमाडौँ l प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सरोकारवालाहरूसँग थप वार्तालाप गर्ने निर्णय गरेको छ ।

विधेयकबारे सांसदहरूको मन्तव्य बुझिएपछि आज समितिले अर्को पटक कानुनविद्हरू सहितसँग थप वार्तालाप गर्ने निर्णय गरेको हो ।

समितिले यसबारे गृहकार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएको छ । उक्त बैठकमा उपस्थित सांसदहरूले सङ्घ र प्रदेशमा प्रहरीलाई दिइने सेवा–सुविधा समान हुनुपर्ने सुझाव दिएका थिए ।

समानता नभए विवाद आउने भएकाले सेवा–सुविधा फरक हुन नहुने धारणा उनीहरूले राखेका थिए । सो बैठकमा सहभागिता सांसदहरू नवराज सिलवाल, रामकृष्ण यादव लगायतले संघबाट प्रदेशमा सरुवा हुने प्रहरीको एक पद बढुवा वा ‘ग्रेड’वृद्धिको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्