Logo

विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा भारतलाई २४० रनको लक्ष्य प्रस्तुत



Spread the love

२५ असार, काठमाडौं ।आइसिसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा न्युजिल्यान्डद्वारा भारतलाई २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

मंगलबार म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ थालेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाउदा वर्षा बाधक भएको थियो। त्यसपश्चात बुधबारसम्मका लागि खेल स्थगित भएको थियो।

बुधबार ४६.१ ओभरबाट फेरि सुरु भएको खेलमा न्युजिल्यान्डले ५० ओभर खेल्दा ८ विकेट गुमाएर २३९ रन जोड्यो। न्युजिल्यान्डले ३.१ ओभरमा २९ रन जोड्दा थप ३ विकेट गुमायो।

रोश टेलरले ७४ रन जोड्ने क्रममा ९० बलमा ३ चौका र १ छक्का प्रहार गरे । टम लाथम १० रनमा आउट भए। मिचेल सान्टनरले नटआउट १० रन जोडे।

त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भए। हेनरी निकोल्सले ५१ बलको सामना गर्दै २७ रन बनाए । कप्तान केन विलियमसनले ९५ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ६७ रन जोडे । जेम्स निसम १२ रन र कोलिन डे ग्रान्डहोम १६ रन जोडेर आउट भए।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्