२५ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा भारत र न्युजिल्यान्डबीचको रोकिएको बाँकी खेल सुरु भएको छ ।
मंगलबार म्यान्चेस्टरमा भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल भईरहदा पानी परेसंगै खेल अबरुद्द भएको थियो । न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको नोक्सानीमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेसंगै उक्त खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो ।
न्युजिल्यान्डका लागि क्रिजमा रोस टायलर ६७ रन बनाएर अविजित छन् । न्युजिल्यान्डले ४६.१ ओभरमा पाँच विकेटको नोक्सानीमा २११ रनदेखि नै ब्याटिङ सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्