काठमाडौँ । स्पेनिस लिगमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले आफ्नै इतिहास कोर्न आतुर रहेको बताएका छन् ।
गतसाता मात्र १ सय २६ मिलियन युरोमा फेलिक्स बेन्फिकाबाट एटलेटिको म्याड्रिड आएका थिए । एटलेटिकोले उनलाई जर्सी नम्बर ७ दिँदै टोलीको महत्त्वपूर्ण खेलाडी रहेको संकेत दिएका छन् । फेलिक्सका रियल म्याड्रिडमा रहँदा पोर्चुगलका सहकर्मी क्रिस्टियानो रोनाल्डोले पनि ७ नम्बर जर्सी नै लगाएका थिए ।
रोनाल्डोसँग उनको तुलना नगर्न पनि आग्रह गरेका छन् । ‘क्रिस्टियानो विश्वकै उत्कृष्ट खेलाडी हुन् । हामी पोर्चुगलबाट सँगै खेल्दा उनले मलाई म्याड्रिडको निकै प्रशंसा गरे,’ उनले भने , ‘म यहाँ आफ्नो इतिहास लेख्न आएको हुँ र मेरो नामबाट नै चिनिन चाहन्छु । रोनाल्डोसँग तुलना गर्नुभन्दा म आफ्नो नाम बनाउन चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस्