२५ असार, काठमाडौं । यो सिजन ब्राजिलका गोलरक्षक एलिसन बेकरका लागि निक्कै फलदायी भएको छ ।यही सिजनमात्र उनि रोमाबाट लिभरपुलमा अनुबन्धित भएका थिए ।
सन् २०१३ मा ब्राजिलको सिनियर टिम इन्टरनेसनलबाट २६ वर्षीय एलिसनले व्यावसायिक फुटबल करियरको सुरुवात गरे । ३ वर्ष इन्टरनेसनलमा बिताएपश्चात उनी रोमामा दुई वर्षसम्म रहे ।
सन् २०१८ को जुलाइमा ६६.८ मिलियन युुरोमा लिभरपुलमा आउँदा उनी आजसम्मकै सबैभन्दा महँगा गोलरक्षकसमेत बनेका थिए । तर उनको रेकर्ड पछि चेल्सीका गोलरक्षकले तोडे ।
प्रिमियर लिगमा पहिलो सिजन उनले गोल्डे ग्लोब पाएका थिए । त्यस्तै च्याम्पियन्स लिगमा पनि उनले गोल्डेन ग्लोब हात पार्दा कोपा अमेरिकामा पनि उच्च प्रदर्शन गर्दै गोल्डेन ग्लोब जित्नबाट उनि चुकेनन् ।उनले २०१८–१९ को पूरै सिजनमा तीन वटा गोल्डेन ग्लोब हात पार्दै विश्व फुटबल इतिहासमा एउटै सिजन तीन गोल्डेन ग्लोब जित्ने पहिलो गोलरक्षकसमेत बन्न सफल भए ।