Logo

नेमारलाई लिएर बार्सिलोना तनावमा



Spread the love

२५ असार, काठमाडौं । यसपटक स्टार नेमारलाई अनुबन्ध गर्न बार्सिलोनालाई निक्कै गाह्रो हुने भएको छ। नेमारको मूल्य पीएसजीले २ सय २२ मिलियन यूरोभन्दा बढी भएको बताएसंगै बार्सालाई नेमार अनुबन्ध गर्न गाह्रो हुने देखिएको हो।

नेमारलाई सन् २०१७ मा पीएसजीले बार्साबाट २ सय २२ मिलियन यूरोमा अनुबन्ध गर्दा नेमार अहिलेसम्मकै महंगा खेलाडीसमेत बन्न पुगेका थिए ।

यतिबेला नेमार भने पीएसजी छाडी बार्सा आउन चाहन्छन्। तर , पीएसजीले मानिरहेको छैन।

लिग वान च्याम्पियन पीएसजीलाई खेलाडीमा भन्दा बजेट बढाउने चिन्ता रहेकोले नेमारमा खर्च भएको पैसा असुल गर्न चाहन्छ।

अर्कोतर्फ भने बार्सिलोनाले एथ्लेटिको मड्रिडबाट ग्रीजम्यान अनुबन्ध गर्ने तयारी थालेको छ। मार्काका अनुसार बार्साले नेमारका लागि आगामी हप्ताबाट छलफल सुरु गर्नेछ।

प्रतिक्रिया दिनुहोस्