Logo

अपडेट: भक्तपुरलाई केन्द्रविन्दु बनाई ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प



Spread the love

भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो ।

भक्तपुरको सल्लाघारी नजिक केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले बताए ।

भूकम्पको धक्का महसुस भएलगत्तै स्थानीय घर बाहिर निस्केका थिए । शनिबारको धक्कालाई २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पको पराकम्प भएको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्