२१ असार, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पाकिस्तानी अलराउण्डर शोएब मलिकले सन्यास लिएका छन् ।
मलिकले पाकिस्तानको समूह चरणको अन्तिम खेलसँगै सन्यास लिएका हुन् । उनलाई टोलीका खेलाडीले गार्ड अफ अनर दिएका थिए।
३७ वर्षीय मलिकले पाकिस्तानका लागि २८७ एकदिवसीय खेल खेल्दै ७५३४ रन जोडेका थिए। यो पाकिस्तानका लागि पाँचौ बढी रन हो। उनले एकदिवसीय खेलमा ९ सतक र ४४ अर्धसतक प्रहार गरे।
२० वर्षको एक दिवसीय खेल जीवन अन्त्यको घोषणा गर्दै मलिकले भनेका छन्, ‘मैले पहिले नै भएको थिएँ कि विश्वकपपछि एक दिवसीय क्रिकेटबाट बिदा हुनेछु । आज यहाँ यसको घोषणा गर्दछु । सबै समर्थकहरुलाई उहाँहरुले दिनुभएको प्रेमका लागि आभारी छु ।’
प्रतिक्रिया दिनुहोस्