२१ असार, काठमाडौं । कोपा अमेरिका २०१९ को तेस्रो स्थानका लागि साविक विजेता चिली र अर्जेन्टिना आमने सामने हुदै छन् । पछिल्ला संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक भने तेस्रो स्थानका लागि भिड्ने भएको हो ।
सेमिफाइनलमा ब्राजिलसँग अर्जेन्टिना २-० ले हराएको थियो भने पेरले चिलीलाई ३-० को अन्तरले पराजित गरेको थियो । तेस्रो स्थानको खेलमा जित निकाल्दै दुवै टोली सुखद अन्त्य गर्ने तरखरमा रहेका छन् ।
दुवै टीमले दोस्रो रोजाइका केहि खेलाडीलाई मैदानमा उतार्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्