Logo

दीपक मनाङ्गे नेकपा प्रवेश, मुख्यमन्त्री सुब्बाले गरे स्वागत



Spread the love

१९ असार, पोखरा l गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

मनाङ्गेलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएको हो l मुख्यमन्त्री गुरूङले उनलाई नेकपाको विधान पनि हस्तान्तरण गरे l

उनी नेकपाकै समर्थनमा मनाङ ‘ख’बाट स्वतन्त्र सांसद निर्वाचित भएको थियो । स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गेलाई तत्कालीन एमालेले समर्थन गर्दा विजयी भएका थिए ।

ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परे पश्चात् मनाङ्गेले सपथ लिन पाएका थिएनन्। अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते उनले प्रदेश सभा सदस्यको सपथ लिएका थिए ।

उनीसँगै विप्लव समूह कास्की सचिवालय सदस्य पुष्प कार्की समेत पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छ्न् । कार्कीलाई समेत नेता मुख्यमन्त्री सुब्बाले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्