Logo

विप्लवलाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्छ : उपसभापति निधि



Spread the love
 

१९ असार, काठमाडौँ l नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत् मूलधारमा ल्याउनुपर्ने बताए ।

आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा निधिले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत् समस्याको समाधान खोज्नु आवश्यक रहेको बताएका छन् l

अहिले राजनीतिक रूपमा खुला वातावरण बनेको भन्दै निधिले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखेका छन् । उनले काँग्रेसभित्र गुटबन्दी नरहेको बताउँदै महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको निधिको भनाइ थियो ।

उनले भने, ‘काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरू बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन l’ सरकारले गरेका कामहरूका कारण जनतामा फेरि काँग्रेसप्रति आशा र भरोसा बृदी भएको उपसभापति निधिको भनाइ थियो ।

गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको उनले बताएका छन् l फरक प्रसङ्गमा नेविसंघको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने उपसभापति निधिले बताए l

प्रतिक्रिया दिनुहोस्