१९ असार, काठमाडौँ l नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवा असफल भएको दाबी गरे ।
स्वयं परिवर्तनको मोर्चामा धेरै अघि रहेकोले अब नेतृत्व पनि स्वयंले गर्ने उनले घोषणा गरेका छन् । गए राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्ने क्रममा सिटौलाले यस्तो दाबी गरेका हुन् ।
काँग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको र सरकारको कार्यकारबाहीबाट आफूहरू सन्तुष्ट हुने अवस्थामा नरहेको पनि सिटौलाको भनाई छ ।
उनले भने,‘यो सरकारले धेरै गल्ती गरेको छ । हामीले सरकारले यहाँ गल्ती गर्यो है भनेर कतिपय कुरामा औंल्याउँदा औंल्याउँदै गर्दा पनि सरकारले कुनै रियलाईजेशन गरेन ।’ सरकारको चाहना भनेको नै जनताको आवाज बुझ्नु भएको सिटौलाको भनाई हो ।
प्रतिक्रिया दिनुहोस्