Logo

नेकपामा दीपक मनाङेको प्रवेशप्रति भट्टराईको आपत्ति



Spread the love

१९ असार, काठमाडौँ l आपराधिक पृष्ठभूमिका राजीव गुरूङ अर्थात् दीपक मनाङ्गे नेकपा प्रवेश गरे पश्चात् पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाए ।

दीपक मनाङ्गे बिहीबारमात्रै नेकपा प्रवेश गरेका थिए । गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङ्गेले केही समयअघि अदालतबाट रिहा पाएका थिए ।

रसिया भ्रमणमा रहेका भट्टराईले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखे, “राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भइरहेको छ ? राम्ररी विचार गरौँ है !” मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभाका निर्वाचित भएका थिए । मनाङ्गेलाई तत्कालीन नेकपाको साथ थियो l

प्रतिक्रिया दिनुहोस्