Logo

सर्पदंशबाट महिलाको मृत्यु



Spread the love

१८ असार, दिपायल – शिखर नगरपालिका वडा नं १ मा आज अपराह्न सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तका अनुसार खेतमा काम गरिरहेका समयमा सो नगरपालिका १ कालागाढ बस्ने ४२ वर्षीया जमुनादेवी कार्कीलाई सर्पले डसेपछि उपचारका क्रममा नेपाली सेनाको श्री नं ५ सैनिक अस्पतालको जिओपिडी शाखामा निधन भएको प्रहरीले जनाएको छ ।

जिल्लाका अन्य ठाउँमा सर्पले डसेका बिरामीका लागि आवश्यक पर्ने एन्टीस्नेक भेनम नभएका कारण उनलाई सेनाको अस्पतालमा भर्ना गरिएको थियो । उपचार गराउन ढिलो ल्याएका कारण उनको शरीरमा पूरै विष फैलिइसकेका कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्