Logo

नेकपा प्रवेश गर्दै दीपक मनाङे



Spread the love

१८ असार, काठमाडौँ l गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् ।

नेकपा प्रवेशका लागि बिहिवारको कार्यक्रम तय भएको गुरुङका स्वविय सचिव जगदीश योगी र नेकपाले पुष्टि गरे l गुरुङ मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङेलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेले साथ दिएको थियो ।

ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परे पश्चात् मनाङेले सपथ लिन पाएका थिएनन् । अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते गुरुङले प्रदेश सभा सदस्यको सपथ लिएका थिए ।

गत पुस ६ गते जेलबाट मुक्त १२ गते भएपछि मनाङेले सपथ लिन पाऊँ भनी गण्डकी प्रदेश सभामा निवेदन र निर्वाचन आयोगबाट दिइएको विजय उम्मेदवारको प्रमाणपत्र पेस गरेका थिए । निवेदनको केही महिना दिन पश्चात् सभामुख नेत्रनाथ अधिकारीले गुरुङलाई सपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्