१८ असार, काठमाडौं । लिओनल मेसी र उनको देश अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा कहलिएको नाम हो । सफल खेलाडीको रुपमा चिरपरिचित मेस्सी आफ्नो देशका लागि भने पछिल्लो समय असफल हुँदै गर्दा उनका आँखा भने भिज्ने गरेका छन् ।
कोपा अमेरिका फुटबलको सेमिफाइनलमा ब्राजिलविरुद्ध अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दै गर्दा कप्तान मेस्सीलाई डर थियो कि नहारौं । तर, हार्यो । २-० गोलअन्तरले ब्राजिलसँग हार्दै कोपा अमेरिका कपबाट बाहिरिएपछि कप्तान मेस्सी भावुक बनेका थिए ।खेल सकिए पश्चात उनकै टिम, साथी, प्रशिक्षक र अफिसियलले उनलाई सहानुभूति दिएका थिए ।
आफ्नै कप्तानीमा सन् २०१४ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई दिलाउनबाट चुके । त्यस्तै ,सन् २०१६ मा भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पराजित हुँदा आफ्नो देशलाई कप्तान मेस्सीले उपाधि दिलाउन चुकेका थिए ।
लगातार अफल भइरहेका मेसीका लागि कोपा अमेरिका २०१९ अर्को अवसर ठानिएको थियो। तर कोपामा पनि मेसी पुन चल्न सकेन । क्लब फुटबलमा भाग्यमानी ठहरिने मेसी अर्जेन्टिनाको जर्सीमा भने सधै अभागी ठहरिए।
यो पटकको कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई दिलाउँदै पुराना सबै घाउहरु टाल्ने लक्ष्यमा थिए मेस्सी तर पुनः चुके ।