Logo

महाधिवेशन गर्नुपर्छ : पौडेल



Spread the love

१८ असार, काठमाडौँ l १४ औँ महाधिवेशनको मिति घोषणा गर्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल फागुनमा सकिने भएकोले नै महाधिवेशनको मिति तय गरेर जान सके सङ्गठन चलायमान हुने पौडेलको भनाइ छ l

बाँकेमा आज गिरिजाप्रसाद कोइराला फाउन्डेसनले गरेको कार्यक्रममा पौडेलले भने, सङ्घीय संरचनाअनुसार तलदेखि माथिसम्म सङ्गठन नहुँदा पार्टी चलायमान भएन l सङ्गठनलाई पूर्णता दिन पनि महाधिवेशन आवश्यक छ ।’

देशैभर काँग्रेस भएता पनि सङ्गठन निर्माण गर्न नसक्दा पार्टी चलायमान नभएको पनि उनले बताए । पौडेलले भने, ‘एउटा चुनाव हार्दैमा पार्टी गर्लम्म ढल्दैन। देशैभर काँग्रेसका साथीहरू हुनुहुन्छ l महाधिवेशन गर्ने र रणनीति बदलेर जाने हो भने कम्युनिस्टसँग भिड्न सकिन्छ ।’

पौडेलले सङ्गठन बलियो भएमात्रै कम्युनिस्टसँग भिड्न सकिने बताएका छन् । उनले भने, ‘सङ्गठन बलियो भएमात्रै कम्युनिष्टसँग भिड्न सक्छौँ। सङ्गठनमा हार्दिकता हुनुपर्छ, गुट हुनुभएन l ‘ सरकारले राम्रासँग काम गर्न नसकेको पौडेलको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्