काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत पुगेको छ । हिजो भएको खेलमा बंगलादेशलाई २८ रनले हराउदै भारतले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
भारतको जितमा शतक बनाएका रोहित शर्माको भूमिका निकै अहम रह्यो । शर्मासँगै कप्तान कोहलीसहितको टिमको चर्चा जितपछि थप चुलिएको छ ।
खेलपछि एक व्यक्तिको धेरै चर्चा भयो, जो क्रिकेटर होइनन् । उनी हुन्, ८७ वर्षकी चारुलता पटेल । खेलको क्रममा उनी धेरै पटक भारतीय टिमको हौसला बढाउँदै गर्दा क्यामरामा देखिइन् ।
खेलपछि भारतीय कप्तान विराट कोहली र रोहित शर्मा पनि तीनै ‘हजुरआमा’लाई भेट्न पुगे । ह्वील चेयरमा आएकी उनले दुवै खेलाडीलाई बधाई र आशीर्वाद दिइन् । विराट तथा रोहितसँगको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
चारुलताको जन्म भारतमा भएको होइन, तान्जानियामा हो । उनले भनिन्, ‘जब म अफ्रिकामा बस्थेँ, त्यसबेलादेखि मैले क्रिकेट हेर्न थालेँ ।’उनले आफूले केही दशकदेखि क्रिकेट हेर्न थालेको बताइन् । ‘उनले कामबाट रिटायर्ड भएपछि लाइभ म्याच हेर्न थालेकी हुन् ।