Logo

पौडेल-सिटौला समूहबीच ४ घण्टा बैठक



Spread the love

१८ असार, काठमाडौँ l काठमाडौँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेताहरूले बैठक गरे ।

केन्द्रीय समिति बैठक आउन ५ दिन अघि नै पौडेल-सिटौला समूहका नेताहरू एकै स्थानमा उभिएका हुन् । नेपाली काँग्रेसले आउँदो आइतबार (असार २२ गते) केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।

पहिलो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुनु पूर्वदेखि केन्द्रीय बैठक बसेको थिएन । आइतबार हुने बैठकमा देशैभर भएको जागरण अभियानको समीक्षा, विभागहरू गठन, भातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन, तरुण दललाई पूर्णता दिने लगायत एजेन्डामा छलफल हुन लागे पश्चात् पौडेल-सिटौला समूहका नेताहरू रणनीति निर्माण गर्न छलफल गरेका हुन् ।

नेपाली काँग्रेसका एक नेताका अनुसार, मङ्गलवार साँझ ५ बजेदेखि ४ घण्टा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको काठमाडौँस्थित घरमा बैठक बसेको हो ।

उक्त बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला समेतको उपस्थित रहेको ती नेताले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले विभागहरू, भातृ संस्था गठन र पूर्णताको एजेन्डा ल्याउन लागे पश्चात् पौडेल-सिटौला समूह छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्