Logo

सिञ्जाका तालाबन्दी २२ विद्यालय खुल्यो



Spread the love

१८ असार, जुम्ला l जुम्लामा गत आइतबारदेखि अनिश्चितकालका लागि तालाबन्दी भएका सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय आजदेखि खुलेका छन् ।

सो गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरूको समस्या समाधान गर्ने विश्वास दिलाए पश्चात् ती सबै विद्यालयका ताला खोलिएको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताएका छन् ।

उक्त विद्यालयमा तालाबन्द गरी विद्यार्थीहरूको पढाइमा अवरोध नगर्न अध्यक्ष रावल र शिक्षा विभाग प्रमुख शर्माको आग्रहलाई शिक्षकहरूले स्वीकार गर्दै विद्यालयमा नियमित पढाइ सुरु गरेको उनको भनाइ छ l

शिक्षकहरूले तलब नपाएको भन्दै २२ वटै विद्यालय तालाबन्दी गरेका थिए । हालै ६३ शिक्षकहरूले तलब नपाएको गुनासो गरेका छन् ।

शिक्षकहरूले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन चार दिनको समयसीमा दिँदासमेत नटेरे पश्चात् उनीहरूले तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्