१७ असार, काठमाडौँ l नेपाली काँग्रेसकी राष्ट्रियसभा सदस्य तारा देवी भट्टले कञ्चनपुरको पुर्नवास १० डोके बजारमा भएको घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिन् ।
आजको राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी राष्ट्रियसभा सदस्य भट्टले संविधानले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संविधानसम्मत अधिकार प्रयोग गर्दा सत्तारुढ दलका कार्यकर्ताबाट सांघातिक हमला गर्ने कार्य भएको भन्दै घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेकी हुन् ।
उक्त आक्रमणबाट घाइते भएका क्षेत्रीय सभापति गोविन्द उपाध्याय र नगर सचिव विक्रम चन्दको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको भन्दै भट्टले उनीहरूको स्वास्थ्य उपचार र क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्