Logo

सरकारको कार्यकारबाही प्रति सांसदको आपत्ति



Spread the love

१६ असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको बैठकमा सांसदहरूले सरकारको कार्यकारबाही प्रति आपत्ती जनाएका छन् ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डको उपस्थिति रहेको छ l बैठकमा दुवै नेताले सांसदहरूको भनाई सुनिरहेका छन् ।

सो बैठकमा सहभागी एक सांसदले सरकारको निर्णयहरू विवादमा परेको भन्दै गम्भीर हुनुपर्ने बताउँदै सरकारले ल्याएका विधेयकहरू पर्याप्त छलफल र गृहकार्य विना ल्याउँदा सरकार मात्र नभई पार्टी समेत बदनाम हुने खतरा बढेको औँल्याए ।

सांसदहरूले सरकारको कमी कमजोरीको समीक्षासहित कार्य कारबाहीमा सुधार गर्नुपर्नेमा जोड दिँदै संसदीय दलको बैठक नियमित नबसेकोमा समेत गम्भीर आपत्ती जनाए l

प्रतिक्रिया दिनुहोस्